कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी विकास निर्देशनालय
पशु अस्पताल तथा पशु सेवा कार्यालय
हुम्ला
यस कार्यालयको आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार कार्यालयलाई आवश्यक पर्ने देहायबमोजिमको चार पाङ्ग्रे सवारी साधन १ (एक) थान खरिद गर्नु पर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा १ (क,८) तथा सार्वजनिक खरिद नियमावली २०६४ (चौधौ संशोधन) को नियम ३१ख बमोजिम त्यस्तो सवारी साधन उत्पादक (Manufacturer) वा सो को अधिकारिक विक्रेता (Importer) हरु बीच मात्र प्रतिस्पर्धा गराउने क्याटलग सपिङ्ग विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ (चौधौ संशोधन) को नियम ३१ख, को उपनियम (२) अनुसार देहाय बमोजिमको सवारी साधन बिक्रि गर्न चाहने उत्पादक (Manufacturer) वा सो को अधिकारिक विक्रेता (Importer) ले आ-आफ्नो उत्पादनको अधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मुल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखि यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा (प्रस्ताव पेश गर्ने अन्तिम दिन कार्यालय समयभित्र र सो दिन सार्वजनिक विदा परेमा लगतै कार्यालय खुलेको दिनको कार्यालय समयभित्र) निवेदन गर्नुहुन सम्बन्धित उत्पादक (Manufacturer) वा सो को अधिकारिक विक्रेता (Importer) को जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचीकृत नगरेको कम्पनी वा बिक्रेताको हकमा कार्यालयको मौजुदा सूचीमा सूचीकृत गरी प्रस्ताव पेश गर्नुपर्नेछ । उल्लेखित बाहेकका अन्य विषयहरु उत्पादक वा अधिकारिक बिक्रेताद्वारा निर्धारित दरमा (क्याटालग सपिङ्ग) खरिद गर्ने कार्यविधि, २०७४ समेतमा उल्लेख भए बमोजिम हुनेछ ।
2083-02-18 | पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्ला।
2083-02-07 | पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्ला।
2083-02-01 | पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्ला।
2083-01-30 | पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्ला।
2083-01-03 | पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्ला।